Sajhamanch Archive

तीन भारतीय सेना मारिएकोबारे चीनले भयो, ‘सीमा रेखा पार गरेपछि झडप’

Published: in विश्व समाचार by .

काठमाडौं । लद्दाखमा तीन भारतीय सेना मारिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको बताएको छ ।

गए राति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो ।’

भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय रक्षामन्त्रीले गरे सेना प्रमुखहरुसँग बैठक
चीनसँगको झडपमा तीन सैनिकको मृत्युपछि भारतीय रक्षमन्त्री राजनाथ सिंहले सैन्य प्रमुखहरु तथा विदेशमन्त्रीसँग बैठक गरेका छन् ।

सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत र जल, थल तथा वायु तीनै सेनाका प्रमुखसँग छलफल गरेका हुन् । त्यस्तै उनले विदेशमन्त्री डा। एस जयशंकरसँग पनि छलफल गरेका छन् ।

गत एक महिनादेखि चीनसँग सीमामा तनाव बढिरहँदा भारतीय सेना र रक्षा मन्त्रालयले यसलाई सानो मतभेदको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको थियो । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *