Sajhamanch Archive

मोरङमा जबरजस्ती करणीको आरोपमा एक पक्राउ, स्थानीयद्धारा प्रर्दशन

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

मोरङ । मोरङको बेलबारी ३ का एक ब्यत्ति जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन ।

बेलबारी ३ का ३९ वर्षिय मिलन भनिने बलबहादुर राइलार्ई स्थानीय एक युवतीलाई करणी गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिएका छन ।

सोमबार स्थानीय २५ बर्षिया युवतीले जाहेरी दिएपछि ती ब्यत्तिलाइ पक्राउ गरिएको र मुद्धा चलाईएको ईन्स्पेक्टर ढकालले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भईरहेको समेत उनले बताएका छन ।

मंगलबार स्थानीय बासिन्दाले निर्दोष ब्यत्तिलाई फसाएको र बिना प्रमाण पक्राउ गरेको भन्दै ईलाका प्रहरी कार्यलय बेलबारी अघि प्रर्दशन गरेका छन । उनीहरुले राईलाई फसाउन केही जनप्रतिनिधि समेत लागेको आरोप लगाएका छन ।

पूर्वीली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *