Sajhamanch Archive

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। मंगलबार ३८० थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएको जानकारी दिए।

हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ११७ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ हजार १५८ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *