Sajhamanch Archive

टेम्पो चालकको कोरोना बिमा

Published: in समाज by .

असार २ । बिर्तामोड ।
पूर्वेली मजदुर यातायात झापाले आफ्ना सदस्यहरुको कोरोना बिमा गरिदिएको छ । बिर्तामोडमा रहेका ५८ जना टेम्पो चालकको निः शुल्क बिमा गरिएको सचिव गणेश कोइरालाले बताए । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जोखिमलाई न्युनीकरण गर्न बिमा गरिएको हो । लकडाउन भएपश्चात रिक्सा, टेम्पो लगायतका सवारी साधन थन्किएका छन । मजदुरहरु समस्यामा परेपछि पछिल्लो समय केहि खुकुलो बनाईएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा आफ्ना सदस्यहरुलाई मनोबल उच्च बनाउन बिमा गरिएको अध्यक्ष हरीप्रसाद बाँस्कोटाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *