Sajhamanch Archive

झापा काँग्रेसले सरकारलाई पठायो ज्ञापनपत्र

Published: (Updated: ) in राजनीति, विविधा by .

भद्रपुर । नेपाली काँग्रेस झापाले १७ बुँदे माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

झापा काँग्रेसले कोभिड १९ (कोरोना भाइरस) संक्रमणले देश आक्रान्त भएका बेला सरकारका मन्त्री तथा जिम्मेवार पदाधिकारी भ्रष्टाचारमा लिप्त भएको, अव्यवस्थित क्वारेन्टिन रोग संक्रमण र मृत्युको कारक बनिएको, झापामा करोडौं रकम भ्यु टावरका लागि छुट्याउने सरकारले कोरोना संक्रमणको केन्द्र बन्दै गएको झापाका लागि एउटा पिसिआर परीक्षण प्रयोगशाला र सुविधा सम्पन्न अस्पताल बनाउन वजेट नछुटाएको लगायत आरोप लगाउँदै झापामा सुविधा सम्पन्न कोरोना अस्पताल र पिसिआर परीक्षण प्रयोगशाला अविलम्ब निर्माण गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *