Sajhamanch Archive

मालपोतका अधिकृतसहित ६ जना घुससहित पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित मालपोत कार्यालयका कर्मचारीहरुलाई पक्राउ गरेको छ ।

मंगलबार राति आयोगको टोलीले गरेको विशेष अपरेशनमा घुससहित मालपोत अधिकृत रघुवंश कणेलसहित ६ जना पक्राउ परेका हुन् । यसबारे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि पुष्टि गरेका छन् ।

उनले भने, ‘केही पक्राउ परेका छन् तर, विस्तृत विवरण आइसकेको छैन ।’ स्रोतका अनुसार कणेँलसहितको टोलीबाट ८ लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको छ ।सामाखुशीको स्प्यारो ब्याङ्क्वेटबाट उनीहरु सबै पक्राउ परेका हुन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *