Sajhamanch Archive

बिष खुवाएर हत्या गर्ने प्रकाश प्रहरीको फन्दामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दुनै । बिष खुवाएर हत्या गर्ने एक जना हत्यारा पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। जाजरकोट कुशे गाउपालिका ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाइ बिष खुवाएर हत्या गरेको आरोपमा पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

यहि श्रावण ११ गते डोल्पाको हिमाली पाटनमा पाइने बिख (बिष) को झोल बनाइ नुन चिया (भोटेचिया) मा मिसाएर खुवाउदा जगदुल्ला गाउपालिका २ का वर्ष ३० का दर्शन बुढाथोकीको मृत्यु भएको थियो। त्यसका साथै उक्त बिख हालेको चिया खादा ४३ वर्षका झलकमान घर्ति भन्ने ईन्द्रजित जिसी र बर्ष ४५ की चन्द्रकुमारी बुढाथोकी अचेत अबस्थामा रहेका छन्।

घटना घटेको केहि घण्टामै आफन्तले जिल्ला प्रहरी कायालयमा जाहेरी गरेपछि अभियुत्त प्रकाश सिंहलाइ मुड्केचुला गाउपालिकाको प्रहरी चौकी इलले हुलियाको आधारमा १२ गते बिहान पक्राउ गरि जिल्लामा ल्याएको थियो। जिल्ला प्रहरी कार्यालय डोल्पामा बयान लिदा अभियुक्त प्रकाश सिंहले मृतक दर्शन बुढाथोकीलाइ मार्ने उदेश्य नभएर होटेल साउनी चन्द्रकुमारी बुढाथोकीलाइ मार्न विष प्रयोग गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए।

होटलकी साहुनी चन्द्रकुमारी बुढाथोकीले आफुलाई अपाच्य शब्द प्रयोग गरि तथानाम गाली गरेको कारण असैह्य भएकोले चन्द्रकुमारीलाई कुनैपनि हालतमा मार्न तयारीका साथ भोड्का बोतलमा बिख(बिष) घोलेर नुन चिया(भोटेचिया)मा मिसाएर खुवाउदा बुढाथोकीको मृत्यु भएको प्रकाशले स्वीकार गरेको डिएसपी शर्माले बताए। हाल बिष खाएर बिरामी भएका चन्द्रकुमारी र झलक कोहलपूर मेडिकल बकलेजमा उपचारमा रहेका छन भने मृतक दर्शन बुढाथोकीको आइतबार मात्र पोष्टमार्टम गरि दाहसंस्कार गरिएको मृतकका आफन्तले जानकारी दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *