Sajhamanch Archive

विश्वमा कोरोना: ४ लाख ४५ हजारको मृत्यु, ८२ लाख ५६ हजार संक्रमित

Published: in विश्व समाचार by .

काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार आज विहान सम्ममा ४ लाख ४५ हजार ९ सय ३७ जनाले ज्यान गुमाएका छन् । संक्रमण पुष्टि हुनेको संख्या ८२ लाख ५६ हजार २ सय ५७ पुगेको छ ।

त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

विश्वभर ४३ लाख ६ हजार ८९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ ।

त्यस्तै, ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *