Sajhamanch Archive

ताप्लेजुङमा पहिरोले बगायो विद्यालय भवन

Published: in समाज by .

ताप्लेजुङ । गएरातीको अविरल वर्षपछि पहिरो जाँदा ताप्लेजुङमा एक विद्यालयको भवन सहित स्थानियले लगाएको मकैवारीमा क्षति पुगेको छ ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ४ ईखाबू, खानीमा गएराती ११ बजे पहिरो जाँदा स्थानिय रानी आधारभूत विद्यालयको ४ कोठे भवन बगाएकोे ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

घटनास्थल तर्फ प्रहरी चौकी तापेथोकको प्रहरी टोली परिचालन गरिएको डिएसपी श्रेष्ठले बताए । विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोबाट विद्यालयको ४ कोठे भवन, २ कोठे पक्की ट्वाईलेट, बिद्यालयको खाजाघर समेत वगाउँदा लाखौँको क्षति भएको छ ।

त्यस्तै, स्थानीय भक्त लाबुङको किचन र सुँगुर पहिरोले बगाएको छ भने स्थानिय २० घरले लगाएको मकैबारीमा क्षति पुगेको बताइएको छ । मानविय क्षतिको भने जानकारी नआएको डिएपी श्रेष्ठले जानकारी दिए । सो स्थानमा गतवर्ष पनि पहिरो गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *