Sajhamanch Archive

मन्त्री घिमिरेद्वारा कोरोनाको ‘हटस्पट’ कचनकवलको अनुगमन

Published: in प्रदेश तह, समाज, स्थानीय तह by .

झापा । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको ‘हटस्पट’ बनेको झापाको कचनकवल गाउँपालिकाको आज अनुगमन गरेका छन् ।

प्रदेशसभा सदस्य बसन्त बानियाँलाई साथमा लिएर मन्त्री घिमिरे अनुगमनमा गएका हुन् । उनले स्थानीयबासीलाई कोरोना संक्रमणको जोखिमबाट नआत्तिन आग्रह गरेका छन् ।

मन्त्री घिमिरेले कचनकवलका विभिन्न क्वारेन्टाइनको अनुगमन गर्दै कोरोना भाइरसको नियन्त्रण र संक्रमितको उपचारमा प्रदेश सरकारले कुनै कन्जुस्याईँ नगर्ने बताए ।

मन्त्री घिमिरेका साथमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ पनि कचनकवल पुगेका छन् ।

भारतबाट आएका १२७ जनामा एकपछि अर्को गर्दै कोरोना संक्रमण देखिएपछि त्रासमा रहेको कचनकवल संक्रमितहरु उपचारपछि धमाधम घर फर्किन थालेपछि पुरानै अवस्थामा फर्किने प्रयासमा छ । अहिले भने त्रास कम हुँदै गएको कचनकवल गाउँपालिकाका प्रमुख अञ्जरा आलमले बताए ।

स्रोत  : विवेचना दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *