Sajhamanch Archive

माेरङकाे क्वारेन्टाइनमा बस्नेको संख्या २७ सय बढि

Published: (Updated: ) in प्रदेश तह, समाज by .

विराटनगर । कोरोना महामारीको जोखिम सुरू भएपछि मोरङमा रहेका क्वारेन्टाइनमा बस्ने मानिसहरूको जम्मा संख्या २७ सय नाघेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्ला भरी रहेका ७५ वटा क्वारेन्टाइनमा बस्ने मानिसहरूको कुल संख्या २ हजार ७ सय ७९ पुगेको छ ।

क्वारेन्टाइनमा बसेका मध्ये १ हजार ४ सय ६८ जना कोरोना संक्रमण नदेखिएपछि घर फर्किएका छन ।

क्वारेन्टाइनमा १ हजार ३ सय ११ जना बसिरहेका छन । उनीहरू भारत तथा तेस्रो देशबाट मोरङ आएकाहरू हुन । जसमा पुरुषको संख्या १ हजार १ सय २५ र महिलाको संख्या १ सय ८६ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *