Sajhamanch Archive

नेपालमा एकै दिन ५८६ जना नयाँ कोरोना भाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज (वुधबार) एकै दिन अहिलेसम्मकै धेरै ५८६ जना नयाँ कोरोना भाइरस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन् ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७ हजार १७७ पुगेको प्रवक्ता डा। गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *