Sajhamanch Archive

मेचीनगरबाट अबैध सामान बरामद

Published: in विविधा, समाज by .

मेचीनगर । भारतबाट लुकाइछिपाइ ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

बुधबार बेलुका झापाको मेचीनगर नगरपालिका वडा नं.७ गैरीगाउँबाट विशेष सुराकीको आधारमा जि.प्र.का.झापा र ई.प्र.का. काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ भन्सार छली गरेर ल्याउदै गरेको मोवाइलको Lcd, लोरीयल जेल र ५० केजी खैनी बरामद गरेको हो ।

तीन लाख छपन्न हजार एक सय सत्तरी मुल्य बराबरको उक्त सामान बरामद गरी इ.प्र.का. काँकडभिट्टामा राखी भन्सारमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *