Sajhamanch Archive

कांग्रेसको आन्दोलनः टिबी रोगीले पाखुरा फुलाए जस्तो

Published: (Updated: ) in राजनीति by .

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ।  । सरकारलाई  अधिनायकबादी बाटोमा गएको भन्दै हस्यास्पद मुद्धा लिएर कांग्रेसले  खबरदारी गर्न भन्दै ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

गोविन्द केसीको अनसन र निषेधित क्षेत्रको मुद्धा सकिएपछि कांग्रेस आन्दोलनमा खासै गतिलो नारा समेत छैन। उसले सभामुख र उपसभामुख अलग पार्टीको हुनुपर्ने  मागलाई आन्दोलनको बिषय  बनाएको छ। उसले अगाडि सारेका मागमा  सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने , अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, , बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने लगायत छन् ।

कांग्रेसले  अगाडि सारेका माग जनताको दैनिकीसँग जोडिएका छैनन्। कांग्रेसका एक नेता भन्छन सकिएको कांग्रेसलाई जनतामा उपस्थिति देखाउने प्रयास मात्र हो यो आन्दोलन । तर  यो प्रयासमा कांग्रेस सफल हुने देखिदैन। टिबी लागेको रोगीले पाखुरा फुलाए जस्तो मात्र हुने आन्दोलन हो । यो आन्दोलनबाट कांग्रेसको वास्ताविक साईज थाहा हुने अपेक्षा गरिएको छ। अहिले यसै पनि बर्षा यामको मौसमको समय हो। खेतीपातीको समय हो। त्यसमाथि एजेण्डा बिनाको आन्दोलनले आन्दोलनको नै बेईज्जत गर्ने भएको छ । त्यसैले कांग्रेसले आज अल्छी लाग्दो आन्दोलन गर्ने भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *