Sajhamanch Archive

स्‍नातक तह विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता आउने

Published: in शिक्षा, समाज by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनमा रोकिएको स्नातक तहको तीन संकायको परिक्षा रिजल्ट यो हप्ताभित्र प्रकाशित गर्ने भएको छ।

सबै तयारी भइसकेकाले यो हप्तामा विज्ञान,मानविकी र शिक्षा संकायको परीक्षाको परिणाम प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। विद्यार्थीहरुले यतिका समय सम्म पनि त्रिविले परीक्षाको रिजल्ट प्रकाशित नगरेको भन्दै गुनासो गरिरहेका थिए। परीक्षा नियन्त्रक जोशीले लकडाउनले समयमा रिजल्ट प्रकाशित गर्न नसकेको बताउँदै उनले भने,‘लकडाउनले गर्दा समयमा रिजल्ट प्रकाशित गर्न सकेनौँ।

अहिले सबै तयारी गरिसकेकाले विज्ञान,मानविकी र शिक्षा संकायको यो हप्ताभित्र प्रकाशित हुन्छ।’ स्नातक तहको बिबिएसको रिजल्ट भने जेठ ३२ गते नै प्रकाशित भइसकेको छ। ‘हामीले समयभित्रै परीक्षाफल प्रकाशित गर्ने भनेर तयारी गरेका थियौँ। लकडाउनले सबै कार्यालय बन्द भएपछि काम गर्न पाएनौँ,’ उनले थपे।

उनले लकडाउनभरि त्रिविका सबै परीक्षाको रिजल्ट प्रकाशित गरिसक्ने बताए। ‘परीक्षा भैसकेको स्‍नातकोत्तर तहको अझै कपी चेक गर्नै बाँकी छ,’उनले भने,‘लकडाउनले काम गर्न पाएनौँ। अहिले सबै कार्यालय खुलेको छ। लकडाउन अवधिमा सबै परीक्षाफल प्रकाशित गर्ने तयारीमा हामी जुटेका छौँ।’ उनका अनुसार स्‍नातकोत्तर म्यानेजमेन्टको परीक्षाको रिजल्ट भने प्रकाशित भइसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *