Sajhamanch Archive

पछिल्लो २४ घण्टामा नेपालमा थपिए ६७१ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्।

उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *