Sajhamanch Archive

नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह, by .

मेचीनगर । कोरोना भाइरस (कोभिड-१९) का कारणले गर्दा समस्यामा रहेका नागरिकहरुलाई छाक टार्न केही हदसम्म भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस मेचीनगर १२ ले मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण गरेको छ ।

वडामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाललाई नेपाली कांग्रेसका महासमिति सदस्य तिलकप्रसाद गिरीले १० क्वान्टिल  चामल हस्तान्तरण गरेको नेपाली कांग्रेसका झापा क्षेत्र नं.१ प्रदेश (ख) का सचिव विष्णप्रसाद रिमालले जानकारी दिए ।

उक्त राहात हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गिरी, झापा क्षेत्र नंं.१ प्रदेश (ख) का सचिव विष्णप्रसाद रिमाल, नेपाली कांग्रेस मेचीनगर वडा १२ का सभापति कालु मेचे,सचिव तिलविक्रम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *