Sajhamanch Archive

मेची अभियान अन्तर्गत नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान, कांग्रेस प्रवक्ता शर्माद्वारा क्वारेन्टाइनको अनुगमन

Published: in राजनीति, स्वास्थ्य by .

शिवसताक्षी । नेपाली कांग्रेसले मेची अभियान अन्तर्गत शिवसताक्षी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विहीबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायतको टोलीले शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हा । नगरपालिकालाई ५० थान भिटिएम, ५ थान पिपिई, १ सय थान मास्क र १ कार्टुन सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।

यसैबीच प्रवक्ता शर्माले शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा पनि अनुगमन गरेका छन् । अनुगमनको क्रममा प्रवक्ता शर्माले झापा जिल्लाका अधिकांश क्वारेन्टाइन मापदण्ड अनुसार नै रहेको जानकारी दिए ।

सामाजिक सञ्जाल लगायत पत्रपत्रिका, अनलाइन समाचारहरु पढिरहँदा विभिन्न खाले अप्रिय घटनाहरु घटेता पनि यस क्षेत्रमा त्यस्तो अप्रिय घटना नहुने कुरामा विश्वस्त रहेको उनको भनाई थियो ।

शर्माले क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबलका साथ बस्न आग्रह गर्दै विश्व महामारीको बेला परिस्थितिको जस्तोसुकै सामना गर्नुपरेता पनि कोरोना संक्रमणको जोखिमबाट नआत्तिन सुझाएका छन् ।

क्वारेन्टाइन व्यवास्थापन समितिका अध्यक्ष तथा वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले क्वारेन्टाइनको बारेमा प्रवक्ता शर्मालाई जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *