Sajhamanch Archive

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गुल्मी  । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ ।

गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिएका छन् । उनी गएको जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएको जनाइएको छ ।

प्यारालाइसिसका बिरामी उनी भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी परीक्षण गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले जानकारी दिए । उनलाई भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।

भारतबाट आएपछि उनलाई छोरी ज्वाईले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । मृत्तकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली घटनास्थल गएको छ ।

गुल्मी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *