एकल महिला सुरक्षा कोषबाट कसरी सहयोग लिने ?
Published:
by .लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन ।
पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा कोषबाट ५ लाख रुपैयाँसम्मको सहयोग पाईन्छ ।
एकल महिला सुरक्षा कोषका बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha) मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ ।
थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।
-उज्यालोखबरबाट
Comments