Sajhamanch Archive

‘होटल क्वारेन्टाइन’मा आमाको काजकिरिया

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

मेचीनगर । आठ दिनअघि आमाको निधनको खवर सुनेर भारतबाट झापाको अर्जुनधारा आएका दुई छोरा र एक जना वुहारीले घरमा पुगेर काजक्रिया गर्न पाएनन् ।

भारतको पश्चिम गुजरात क्षेत्र नजिक दमनज्युबाट आठ दिनअघि मेचीपुलमा आएका उनीहरु काँकरभिट्टा स्थित रजत होटलको क्वारेन्टिनमा बसेर काजक्रिया गर्न बाध्य भएका हुन् ।

अर्जुनधारा–५ लक्ष्मीपुर निवासी ६८ वर्षीया आमा मायादेवि थापाको गत जेठ २९ गते घर नजिकै घास काट्ने क्रममा खेतमा नैमृत्यु भएको थियो । उनका तीन छोराहरु नरेन्द्र, नरबहादुर र विरबहादुर थापा तथा दुई छोरीहरु सीता र दुर्गा छन् । उनका पति भने पाँच महिनाअघि नै निधन भएको थियो ।

भारतको सिक्किम बस्ने कान्छा छोरा विरबहादुर र उनकी श्रीमति पवित्रा थापा घर पुगेका थिए । उनीहरु आमाको काजक्रियामा छन् । गाउँलेले विवाद गरेपनि स्थानीय सरकारले काजक्रिया गर्न दिएको थियो ।

जेठा छोरा नरेन्द्र तथा माइला नरबहादुर र उनकी श्रीमति तारादेवि होटलको क्वारेन्टिनमा बसेर काजक्रिया गरिरहेका छन् । जेठा नरेन्द्रकी श्रीमति शारदा पनि घरमा काजक्रिया गरिरहकी छन् । गाउँमा विवाद हुने भएकोले होटलको क्वारेन्टिनमा नै बसेर आमाको काजक्रिया गरिरहेको नरेन्द्रले बताए । १४ दिनको क्वारेन्टाइनपछि घर जाने उनको भनाई छ ।

हिन्दु संस्कार अनुसार स्थानीय पुरोहित बोलाएर सामाजिक दुरी कायम गरेर कपाल काटेर, सेतो कपडामा विधीे पुर्याएर काजक्रिया गरिरहेको नरबहादुरले जानकारी दिए ।

स्रोत : लोकतन्त्र  पोस्ट्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *