Sajhamanch Archive

छक्का पञ्जा ३ र छ माया छपक्कै अब एप मार्फत हेर्न मिल्ने

Published: in गीत/संगीत/मनोरञ्जन by .

विराटनगर । युट्युबमा समेत सार्वजनिक नभएका ‘छक्का पन्जा ३ र छ माया छपक्कै’को एप राइट अभिनेत्री ऋचा शर्माले किनेकी छन् ।

निर्माता तथा कलाकार दीपकराज गिरी र टिमका यी दुई फिल्मलाई ऋचाले ‘चलचित्र टिभी’ नामक एपमार्फत रिलिज गर्नका लागि एप राइट किनेको जनाइएको छ ।

अमेरिकामा रहेका केही लगानीकर्ता र नेपालमा रहेकी ऋचाले मिलेर तयार पारेको ‘चलचित्र टीभी’ नामक एपलाई जुनको २४ तारिखबाट लञ्च गरिने तयारी भएरहेको छ ।

दुवै चलचित्रका लागि ऋचाले १०÷१० लाख रुपैयाँ एड्भान्स रकम दिइएको बुझिएको छ । योभन्दा बढी रकम नाफा भएमा निर्माता र ऋचाले फेरि सेयर बाँडफाँट गर्नेछन् ।

एप सार्वजनिक भएपछि दर्शकले ‘चलचित्र टीभी’एप डाउनलोड गरी केही रकम तिरेर चलचित्र हेर्न सक्नेछन् । केहीदिन अगाडि मात्र निर्माता तथा कलाकार दीपकराज गिरीले परदेशमा रहेका दर्शकहरूका लागि ‘छक्का पन्जा ३ र छ माया छपक्कै’ एउटा नयाँ एपमा रिलिज हुन लागेको जानकारीसमेत दिएका थिए ।

लकडाउनको समयमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने दर्शकहरूको संख्या विश्वभर बढेको छ । बलिउडका केही उिल्महरू हल रिलिज नगरीसमेत डिजिटल माध्यमबाट रिलिज भएका छन् र धेरै हुन पनि लागिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *