Sajhamanch Archive

आज २४ जनाको शव नेपाल ल्याइदै (नामावली सहित)

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट बीस, युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको र कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

नामावली सहित
कतारबाट
१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही
साउदीबाट
१.भैरब बहादुर बस्नेत

कुवेतबाट
१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा

युएईबाट
१. पेम्बा नुर्बु शेर्पा, सोलु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *