Sajhamanch Archive

घर भाडा छुट दिन होटल व्यवसायी संघ झापाको माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

बिर्तामोड । होटल व्यवसायी संघ झापाले कोरोना भाइरसको त्रासका कारण होटल व्यवसाय कमजोर र धरासायी भएको जनाएको छ ।

संघले लकडाउन अवधिभरको घर भाडा छुट दिने व्यवस्था मिलाई दिन झापाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । ‘लकडाउन अवधिको भाडा पूर्ण छुट हुनु पर्ने र छ महिनासम्म ५० प्रतिशत भाडा मात्रै तिर्ने व्यवस्था मिलाइदिन स्थानीय सरकारलाई अनुरोध गरिएको छ’, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले भनिन् ।

होटल व्यवसायी संघले व्यवसाय कर र बैँक व्याज पनि छुट हुनुपर्ने माग अघि सार्दै शुक्रवार नगरपालिका कार्यालय पुगेर बिर्तामोड नगरपालिकामा उपप्रमुख पवित्रा महतरालाई ज्ञापनपत्र बुझाएको छ ।

होटलका कर्मचारीलाई तलव भत्ता दिन मुस्किल परेकाले राज्यले स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट व्यवस्थापन गर्नु पर्ने माग संघले राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।

स्रोत : विवेचना दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *