Sajhamanch Archive

प्रदेश १ बाट थप १० जनाले जिते कोरोना

Published: in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु २१ जेठदेखि २५ जेठसम्मको अवधीमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए ।

१० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ छ ।

स्रोत :  अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *