Sajhamanch Archive

भारतमा हालसम्मकै धेरै भेटिए संक्रमित: तनावमय अवस्था

Published: in विश्व समाचार by .

एजेन्सी ।  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले संसार कोरोना भाइरस महामारीको खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिइरहेका बेला विश्वभर कोरोना भाइरसको संक्रमण झन् तीब्ररुपमा बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा विश्वरभ एक लाख ७६ हजार २७० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाइरस फैलिएयता एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
वल्र्डओमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ४६ हजार २५५ पुगेको छ । यो तथ्यांक शनिबार बिहान ६ बजेसम्मको हो ।

गएको २४ घण्टामा भारतमा १४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १४ हजार ७७२ जनामा संक्रण पुष्टि भएको छ ।

यो संख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । संक्रमणको कारण शुक्रबार भारतमा ३६६ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ९५ हजार ८१२ पुगेको छ । संक्रमणबाट अहिलेसम्म भारतमा १२ हजार ९७० जनाले ज्यान गुमाएका छन् ।

विश्वभर गएको २४ घण्टामा पाँच हजार १८ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ६१ हजार ७७२ पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार २२१ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी अमेरिकामा ७०८, मेक्सिकोमा ६६७, चिलीमा २५२, पेरुमा १९९, रुसमा १८१, बेलायतमा १७३, पेरुमा १९९, इरानमा १२०, पाकिस्तानमा १३६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *