Sajhamanch Archive

कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा कोरिया र कुवेतमा रहेकामध्ये आज बिहान ४ सय ३८ जना नेपाली स्वदेश आएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेकामध्ये कोरियाबाट २ सय २८ जना नेपाली स्वदेश फर्किएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। कोरियन एयरको चार्टर्ड विमानमार्फत उनीहरु आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्।

यस्तै, आजै त्यसै विमानबाट २ सय ३३ जना नेपाली कोरिया गएका छन्। कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भिसा र श्रमस्वीकृति लिएका नेपालीहरू कोरिया गएका हुन्।

यस्तै, बिहान कुवेतबाट पनि १ सय ५५ जना नेपाली स्वदेश आएका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार फर्किनेमा सबै महिला रहेका छन्। बंगलादेशको ढाकाबाट १ सय ५५ जना नेपाली आजै स्वदेश आउँदैछन्। उनीहरु दिउँसो आइपुग्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए।

स्रोत :  थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *