Sajhamanch Archive

समाजसेवी थाम्सुहाङ्गले गरे ४४ हजार घरभाडा छुट

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी दूधेका समाजसेवी सिंहवीर थाम्सुहाङ्गले लकडाउन समय समय अवधिको  घर भाडा नलिने भएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ दूधेका समाजसेवी थाम्सुहाङ्गले आफ्नो घरमा पसल गरी बस्ने व्यापारीहरुलाई घर भाडा छुट दिएका हुन् ।

दूधे बजारमा रहेको विभूति सुन चाँदी पसल, साहारा कलर हाउस र बासुदेव किराना पसललाई दुई महिनाको घर भाडा छुट दिएका छन् । चैत्र र बैसाख महिनाको कुल ४४ हजार रकम छुट दिएको सिंहवीर थाम्सुहाङ्गले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसका कारण लकडाउन हुँदा व्यापारीले आफ्नो व्यापार सञ्चालन गर्न नपाएपछि मैले भाडा छुट दिएको थाम्सुहाङ्गले बताए । उनीहरु लामो समय मेरो घरमा रहेर व्यापार गरेका हुन्, मैले कहिले पनि सोधिन, तपाईहरुको व्यापार कस्तो चल्दैछ, कति कमाउँदै हुुनुहुन्छ भनेर, उनीहरुले मलाई निरन्तर भाडा तिरि नै रहे तर आज उनीरुको व्यापार चौपट भयो, भाडा कसरी तिर्छन, त्यसैले भाडा छुट दिएको हुँ थाम्सुहाङ्गले भने ।

मानिसलाई आ–आफ्ना समस्याले गाँजेको हुन्छ । संकटमा आफुले सकेको सहयोग गर्नु नै मानविय कार्य हुने थाम्सुहाङ्गको भनाई थियो । उनले बजारका अन्य घरधनीहरुलाई पनि सकिन्छ भने भाडा छुट दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

यस अघि शिवसताक्षीको दूधेका अंशु मेडिकलका सञ्चालक दिलिप कुँवरले घर भाडा छुट गरेका थिए । सरकारले घरधनीहरुलाई लकडाउनको अवधिमा भाडा छुट गर्न आग्रह गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *