Sajhamanch Archive

मेची भन्सारलाई २ अर्बभन्दा बढी राजस्व घाटा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

झापा । लकडाउनका कारण मेची भन्सार कार्यालयलाई २ अर्बभन्दा बढी राजस्व नोक्सान भएको छ। लकडाउनमा भन्सार कार्यालयले करिब १ अर्ब राजस्व संकलन गरेको छ। चैत महिनामा ४७ करोड, वैशाखमा ७ करोड र जेठ महिनामा ४४ करोड राजस्व संकलन गरेको मेची भन्सार कार्यालयले जनाएको छ। चैतदेखि जेठसम्म मेची भन्सार कार्यालयले ३ अर्ब २४ करोड ४७ लाख राजस्व संकलन लक्ष्य राखेको थियो।

चैत महिनामा डेढ करोड ९४ लाख, वैशाखमा १ अर्ब ६ करोड र जेठमा १ अर्ब १८ करोड ५४ लाख संकलन गर्ने अनुमान थियो। मेची भन्सार कार्यालयले मासिक १ अर्ब भन्दा बढी राजस्व संकलन राजस्व संकलन गर्ने लक्ष्य राखेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले बताए। उनका अनुसार पुसमा लक्ष्य बमोजिम राजस्व संकलन भइरहेको थियो। चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेची भन्सार कार्यालयमा माघ महिनादेखि राजस्व संकलनमा कमी आएको हो।

वार्षिक १२ अर्ब २४ करोड राजस्व संकलन र मासिक १ अर्ब १० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि लकडाउनको कारणले उक्त लक्ष्य बमोजिम राजस्व संकलन गर्न नसकिएको उनले बताए। उनले भने, ‘चीनमा कोरोना भाइरसको संक्रमणको बढेदेखि नै मेची भन्सारमा राजस्व घटेको हो। चीन, भुटान, बंगलादेश र मुख्य गरी भारतबाट बढी आउने गरेको छ।

इलामको चिया युरोपेली मुलुकमा जान पाएनन्, पूर्वी नेपालमा उत्पादित कृषिजन्य सामाग्री भारत हुदै पश्चिमा मुलुक सम्म मेची भन्सार कार्यालय हुदै बाहिर जाने गरेको भन्सार प्रमुख विश्वकर्माले बताए। उनका अनुसार चिया, अम्लिसो,कुचो, अलैँची, अदुवा, जडीबुटी, जस्तापाता, हेन्डीक्राफ्ट र मुसुरोको दाल हुने निर्यात हुने गरेको छ। सबैभन्दा बढी मेची भन्सारबाट निर्यात हुने कृषिजन्य सामग्रीमा चिया रहेको विश्वकर्माले बताए। उनले भने, ‘ झापाको चिया भारत र इलामको चिया युरोपेली मुलुकमा जाने गरको छ। इलामको चिया युरोपेली मुलुकमा सबैभन्दा बढी जर्मना निर्यात हुने गरेको छ।’

स्रोत : टाइम्स अफ प्रदेश

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *