Sajhamanch Archive

कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो गएराति पक्राउ परेका हुन् । जिम्बाब्वेको भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई पक्राउ गरेको हो ।

मन्त्री मोयोलाई पक्राउ गरिएको र अदालतमा उपस्थित गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता जोन माकामुरेले बताएको चिनियाँ टेलिभिजन सीजीटीएनले जनाएको छ ।

मन्त्री मोयोले खरिद प्रक्रियाको गलत प्रयोग गरेर लाखौँ अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको छ । जिम्बाब्वेमा औषधि वितरण गर्दै आएको एक कम्पनी गएको हप्ता छानबिनमा तानिएपछि मन्त्रीले नै भ्रष्टाचार गरेको भेटिएको हो ।

जिम्बाब्वेमा अहिलेसम्म कोरोनाका पाँच सय बिरामी छन् भने चार जनाको ज्यान गएको । स्वास्थ्य मन्त्री प्रकरणपछि जिम्बाब्वेमा वर्तमान सरकारमा दुई जना मन्त्री भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *