Sajhamanch Archive

शिवसताक्षीको दूधेमा तीन दिवशीय आधारभूत पत्रकारिता तालिम सुरु

Published: in समाज by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा तीन दिवशीय पत्रकारिता तालिम सुरु भएको छ ।

नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्दै आधारमूत ज्ञान सीप प्रदान गर्ने उद्देश्यले आधारभूत ज्ञान,सीप दिनका लागि तालिम आजबाट सुरु भएको छ ।

शिवसताक्षी नगरका सबै वडाहरुमा संचारको पहुँच पुरर्याउने उद्देश्यले एक वडा २ जनाका दरले तालिममा सहभागी गराइएको छ ।

तालिम उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख चन्द्रकुमार सेर्माले देश विकासमा संचारको ठूलो भूमिका रहने भएकाले सुचना संकलनका लागि नव प्रवेशीहरुलाई ज्ञान हासिल गराउन महत्वपूर्ण भएको जानकारी दिए । उनले तालिममा सहभागीहरुलाई आफुले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने बताए ।

तीन दिवशीय पत्रकारिता तालिमको सञ्चारकर्मी केशव भट्टराई र दिपिन राईले सहजीकरण गर्ने सतासी साप्ताहिका अध्यक्ष योगेन लावतीले जानकारी दिए ।

सामाजिक दूरी कायम गरि सञ्चालन गर्न शुरु गरिएको उक्त तालिममा हलभित्र पस्नुअघि सेनेटाइजर, हात धुने, मास्कको अनिवार्य प्रयोग गरिएको छ ।

आधारभूत पत्रकारिता तालिम शिवसताक्षी नगरपालिकाको सहयोग र सतासी साप्ताहिकको आयोजनामा भएको हो । तालिमको समापन आषाढ ८ गते हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *