Sajhamanch Archive

प्रदेश १ मा थपिए १५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा झापाको अर्जुनधारा नगरपालिकाका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगर नगरपालिकाका २ जना, सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १/१ जना छन् ।

यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । ती मध्ये २३४ जना उपचार पछि घर फर्किएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *