Sajhamanch Archive

वैवाहिक अङ्गिकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव वहुमतले पारित

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आज ९आइतबार० नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ ।

त्यसमा रहेको वैवाहिक अङ्गिकृत नागरिकतासम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक मत दर्ता गराएका छन् ।

‘नेकपा सांसदले नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधानमा नेकपाका सांसदहरुको पक्षमा भोट परेको छ र बहुमतले पारित भएको छ,’ सांसद तथा सोहि समितिका सदस्य झपट रावलले भने, ‘सो प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुबाट फरक फरक असहमति दर्ता गराइएको छ ।’

नेपाली पुरुषसँग बिहे गर्ने बिदेशी महिलाले सात वर्षपछि वैवाहिक अङ्गिकृत नागरिकता पाउने प्रावधानसहित नागरिकता ऐन संशोधन हुन लागेको हो । यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गर्ना साथ नागरिकता पाउने प्रावधान थियो ।

लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो ।

सोहिअनुसार आइतबार बसेको संसदीय समितिले निर्णय गरेको हो । समितिले आइतबार बहुमतबाट पारित गरेको सो प्रावधान प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनको रुपमा कार्यान्वयनमा आउने छ ।

सात वर्षपछि मात्र दिने प्रावधानको जनता समाजवादी पार्टी, समाजवादी पार्टीलगायतले चर्को विरोध गर्दै आएका थिए भने नेपाली कांग्रेस पनि यसको विपक्षमा उभिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *