Sajhamanch Archive

झपेन्द्रको २६ औं स्मृतिमा रक्तदान

Published: (Updated: ) in विविधा by .

भद्रपुर । सहिद मनोज झपेन्द्रको २६ औं स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा रक्तदान सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० को आयोजनामा भएको कार्यक्रममा एक सय ४ जनाले रक्तदान गरेका छन् ।जसमा ११ जना महिला र ९३ जना पुरुष रहका थिए ।

नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदानको उद्घाटन निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाइले रगत दिएर सुभारम्भ गरिएको थियो ।

कार्यक्रममा पेशागत महासंघ प्रदेश नम्बर १ का अध्यक्ष देवराज कार्की, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संगठन झापाका सचिव तेजप्रसाद रेग्मीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *