Sajhamanch Archive

एकै परिवारका चार जनासहित प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीन जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।

मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै झापाको दमक नगरपालिकामा एकजना र भद्रपुर नगरपालिकामा दुईजनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ ।

चारजना एकै परिवारका

सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा संक्रमण पुष्टि भएका चारजना एकै परिवारका हुन ।

नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार भारतको दिल्लीबाट केही दिनअघि फर्किएका एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित आमा, बुबा, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन । सुन्दरहरैचा नगरपालिका वडा नं.९ घर भएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए ।

स्रोत अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *