Sajhamanch Archive

विर्तामोडमा पनि भेटियो कोरोना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

विर्तामोड । झापाको बिर्तामोडका दुई जना युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा बिर्तामोड ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले पुष्ठि गरेको हो।

उनीहरुको असार ७ गरे नमुना संकलन गरिएको सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।

यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । एक जना होम क्वारेन्टाइनमा रहेको र एक जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रहेको विर्तामोड नगरपालिकाले जनाएको छ ।

उनीहरु केही दिन अघि भारतबाट आएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *