Sajhamanch Archive

उपत्यका भित्रिनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको परिपत्र

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । लुकिछिपी भित्रिनेहरुका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्न सक्ने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले उपत्यकाभित्र भित्रिनेहरुमाथि थप कडाइ गरेको छ ।

गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *