Sajhamanch Archive

कमल गाउँपालिकाको बजेट ८१ करोड ८५ लाख ९१ हजार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले सातौ गाउँसभाबाट आगामी ०७७/७८का लागि उक्त बजेट सार्वजनिक गरिएको हो ।

गाउँसाभाको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री कार्कीले सातौ गाउँसभाबाट बजेटको उचित व्यवस्था, नीतिगत व्यवस्था र जनशक्ति व्यवस्था सम्पुर्ण रुपले सफलता मिलोस भन्ने समेत शुभकामना दिएका थिए ।

उनले आगामी २ वर्ष भित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा रहेका पूर्वाधार निर्माणको काम पूरा गरिने बताए । तीन वर्षको अवधीमा कानून निर्माण, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अबको २ वर्षमा बाँकी रहेका काम पूरा गर्ने मन्त्री कार्कीको भनाई थियो ।

कोभिड १९ का कारण हामीलाई ठुलो चुनौतीका साथै जिम्मेवारी रहेको छ नागरिकलाई कसरी स्वस्थ्य राख्ने, दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई पनि कसरी व्यवस्थान गर्ने भन्ने पनि चुनौती रहेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका जानकारी दिइन् ।

प्रस्तुत नीति तथा कार्यक्रमले गुणस्तरिय सेवा प्रदान गर्दै विकास प्रति नागरिकको अपनत्व ग्रहण गर्दै शुसासनको प्रत्याभुतीका साथ सम्वृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताए ।

गाउँपालिकाले वडा नम्वर ३ स्थित शहिद धर्मभक्त मा.वि.को भवनलाई क्वरेन्टाईनको व्यवस्था गरी देश बाहिरबाट आउन कमलवासी नागरिकलाई सुरक्षित साथ राखेर कोभिड १९ बाट जोगाउन हरप्रयास गरिसहेको समेत उपाध्यक्ष सिवाकोटीले बताए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत गरिएका कर्मचारी मध्ये दुर्गादेबी ढुंगेललाई सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्पन्न पत्र सहित नगद ३० हजार रुपैया प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारी बाबुराम थुलुङ, दूर्गा कार्की, गौरीशंकर ओली र सुवाश दाहाललाई नगद ५ हजार सहित सम्मान पत्रद्वारा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । कार्यालय सहयोगी मोहन अघोरीलाई मरणोपरान्त सम्मान गरीएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *