Sajhamanch Archive

कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *