Sajhamanch Archive

काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्न लाग्दा झडप

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोनाबाट ज्यान गुमाएका व्‍यक्तिको शव व्‍यवस्थापन गर्दा पोखरामा झडप भएको छ।

पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो।

उनकै शव व्यवस्थापनको गर्न लागेको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो। गण्डकीमा कोरोना संक्रमणले मृत्यु भएका दोस्रो व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका हुन्। स्थानीयले अवरोध गरे पनि नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ। पोखरा महानगरले उक्त शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने भनेर जग्गा खोजेको हो।

शव व्यवस्थापन गर्न नदिन स्थानीयले टायर बालेर बाटो अवरुद्ध गरेका थिए। स्थानीयलाई प्रहरीले तितरबितर पारेपछि सेनाले शव व्यवस्थापन गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले स्थानीय अवरोध गरेपछि सामान्य झडप भएको बताए।

थाहा खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *