Sajhamanch Archive

चक्कु प्रहार गरी श्रीमतीको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् ।

गएराति १ बजे विवाद हुँदा उनले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए । प्रहरी स्रोतका अनुसार पाँच वर्षदेखि श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध थिएन । घटनाबारे महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *