Sajhamanch Archive

एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

ओखलढुंगा । ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं.६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं.४ का २२ वर्षीय सुदर्शन खत्री छन्। आज बिहान प्रदेश नम्बर ३–०१–००२झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि वडा नं.९ पोकलीतर्फ जाँदै गर्दा वडा वडा नं.६ को कात्तिके भीरमा दुर्घटना भएको हो।

भीरको उकालो बाटोमा जाँदै गर्दा एक्कासि अनियन्त्रित भई कात्तिके भीरबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको गाम्नाङटार प्रहरी चौकी गाम्नाङटारका प्रमुख सीताराम भण्डारीले जानकारी दिए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *