Sajhamanch Archive

प्रधानन्यायाधीशमा सिफारिस जाेशीबारे अाज निर्णय

Published: in मिडियाबाट साभार by .

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले छुट्टाछुट्टै रणनीति बनाएका छन्।

जोशीको प्रमाणपत्रलगायत अन्य विषयमा थप प्रमाण जुटेकाले उनलाई अस्वीकार गर्ने नेकपाको लाइन परिवर्तन भएको छैन। जोशीलाई अस्वीकृत गर्नेतिर समिति जान खोजे बैठक बहिष्कार गर्ने वा छानबिन उपसमिति बनाउने विकल्पतिर लाग्ने कांग्रेसको योजना छ।

‘बुधबारको बैठकबाट सहमतिमै यी सबै टुंग्याउनुपर्छ भन्ने हाम्रो जोड छ’, नेकपाका सांसद योगेश भट्टराईले भने। कांग्रेस संसदीय दलकी सचेतक एवं सुनुवाइ समितिकी सदस्य पुष्पा भुसाल भने आरोपको प्रमाण र तथ्यले पुष्टि नगरेसम्म जोशीको सुनुवाइ अस्वीकृत गर्न नमिल्ने बताउँछिन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दालकाललाई टेलिफोन गरी जोशीलाई अस्वीकार गर्ने दिशामा नलाग्न आग्रह गरेका छन्।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *