Sajhamanch Archive

९० लाख बराबरको बुद्धचित्त लुटियो, लुटेरा फरार

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काभ्रे । बिहीबार मध्यराती हतियारसहित आएको समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ ।

करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बुद्धचित्तको दाना लुटेको प्रहरीले जनाएको छ ।

बुद्धचित्तको रुखको सुरक्षाका लागि राति कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले बताए ।

डीएसपी थापाका अनुसार वीरबहादुरले उक्त रुखमा रहेको बुद्धचित्तको दाना स्थानीय व्यापारीलाई ९० लाखमा बेचिसकेका थिए । उनले भने, ‘लुटेराहरु बुद्धचित्तसहित भाग्न सफल भएको छ ।’

डीएसपी थापाकै कमाण्डमा रहेको टोलीले लुटेराहरुको समूहलाई खोजिरहेको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *