Sajhamanch Archive

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सन्चालित योजना निर्माण कार्यको अन्तिम चरणमा

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । प्रधानमन्त्री केपी शर्मा ओलोको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा सञ्चालित योजनाहरुको काम अन्तिम चरणम पुगेको छ । स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सन्चालित योजना मध्ये केहि योजना सम्पन्न भएका छन् भने कोभिड १९ का कारण कुनै योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

छनौट भएर काम सुरु गरेका योजना मध्ये कमल गाउँपालिकाको क्याम्पा चोक समयगढ सडक खण्ड ढ्याग्रे खोलामा ९० लाख लागतको अधुरो पक्की पुल निर्माणको काम धमाधम हँुदै छ ।

त्यस्तै ६९ लाख ३५ हजार रुपैयाको लागतमा गेउरिया खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

साविक तोपगाछी र लखनपुरको सिमानामा हाल कमल गाउँपालिकाको वडा नम्वर ४ र ५ को सिमानामा पर्ने सितापुरी जिवन चोक सडकको १० लाख रुपैयाको लागतमा स्तर उन्नती गर्नेका सम्पन्न भएको प्रधानमन्त्रीका स्वकीय सचिवालय सदस्य होम थापाले जानकारी दिए ।
यस क्षेत्रका जनताको स्वस्थ्यलाई ध्यान दिदै दमकमा रहेको रेडक्रस भवनमा मुटुरोग उपचार केन्द्र सन्चालन गर्नकालागी ९९ लाख रुपैयाको लागतमा मुटुरोग उपचार केन्द्रको काम सम्पन्न भएको छ ।

त्यसैगरी दमक नगरपालिकामा रहेका अति विपन्न परिवारका लागी आवास योजना अन्तरगत १ करोड ४९ लाख ३५ हजार रुपैयाको लागतमा विपन्न आवास कार्यक्रम अन्तरगत भवन निर्माणको काम सम्पन्न भएको छ । भने नगरपालिकाको वडा नम्वर ९ मा १४ लाख रुपैयको लागतमा अनाथ वृद्धाआश्रम किचन तथा धेरावाराको काम सम्पन्न भएको थापाले बताए ।

त्यसैगरी सोही कार्यक्रम अन्तरगत गौरादह नगरपालिका वडा नम्वर ५ मा रहेको बालुबथान बजारमको स्तरउन्नती गर्दै व्यवस्थित बजार निर्माणका लागी ३४ लाख रुपैयाको लागतमा ढलनिकास, टहरा निर्माण, बल्क ओछ्याउन र शौचालय निर्माणको काम समेत सम्पन्न भएको छ । भने सोही वडामा ३४ लाख रुपैयाको लागतमा सिता चोक उत्तर कल्भट निर्माणको काम सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्वर ४ मा ३४ लाख रुपैयाको लागतमा मनकामना जाने सडकको दामुना खोलामा कलभट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्वर ६ मा १४ लाख रुपैयाको लागतमा सिंह डुम्बामा कल्भट निर्माणकाम समेत भेरहेको छ ।

जिल्लाकै पश्चिम दक्षिण रहेको गौरीगञ्ज गाउँपालिकाका जनतालाई सडक सन्जालसँग जोड्दै त्यस क्षेत्रका नागरिकको जिवन स्तर उकास्नका लागी गाउँपालिकाको वडा ६ मा १५ लाख रुपैयाको लागतमा सुविधा सम्मपन्न बस पार्क निर्माणको कार्य धमाधम भैरहेको छ । गौरिगंज गाउँपालिकाको वडा नम्वर ५ र ६ का विपन्न वर्गका परिवारका लागी ३४ लाख रुपैयाको लागतमा आवास निर्माणको काम चालु अवस्थामा रहेको थापापाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *