Sajhamanch Archive

थप ५ सय ९३ जनामा कोरोना, संक्रमितको संख्या ११७५५ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । बितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *