Sajhamanch Archive

खोलाले बगाउँदा महिलाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नंं.५ गोविन्दपुरमा बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

खोलाको डिलमा बसेर गाईगोरु चराई रहेका बेला अचानक आएको बाढीले बगाएर बिहीबार साँझ ६ बजेतिर ५५ वर्षीया मायादेवी साह बेपत्ता भएकी थिइन् ।

खोलाले बगाएर बेपत्ता बनेकी साहको शव घटनास्थल भन्दा लगभग तीन किलोमिटर दक्षिणमा शुक्रबार फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *