Sajhamanch Archive

कानुनमन्त्रीमा ढकाल, पोखरेल र नेम्वाङको चर्चा

Published: (Updated: ) in मिडियाबाट साभार by .

नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ ।

तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली महिला विद्यार्थीका विषयमा विवादित अभिव्यक्ति दिएपछि पार्टी नेतृत्वले उनलाई पदबाट राजीनामा दिन दबाब दिएपछि तामाङले ८ साउनमा राजीनामा बुझाएका थिए ।

नयाँ पत्रिकाबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *