Sajhamanch Archive

कोरोना भाइरस: थप एक संक्रमितको मृत्यु, २८ पुग्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । १० असारमा चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

योसँगै कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *