Sajhamanch Archive

भारत–चीन: बाहिर सहमतिको कुरा, भित्र-भित्रै युद्धको तयारी

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं । लद्दाखस्थित गलवान घाँटीमा हालै भएको झडपपछि भारत र चीनबीच बढेको तनाव अझै शान्त बनिसकेको छैन । झडपपछि दुबै देशले आफ्ना सेना तत्कालका लागि पछि सारेको बताएका छन् ।

दुबै देशले आफ्ना सेना फर्काउन सहमति जनाएको खबर बाहिर आएपछि अब थप झडपको अवस्था नआउला कि जस्तो देखिन्छ । तर, बाहिर खाएका खबरहरु जस्तो उनीहरुको क्रियाकलपाले भने देखाउँदैन । सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ ।

सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा एलएसी मा हतियार प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले चीनले आफ्ना लडाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती लडाकुलाई पनि भर्ना खोलेको छ ।

तिब्बती लडाकुहरू परम्परागत युद्धमा माहिर हुन्छन् । उनीहरू लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु मानिन्छन् । यही माध्यमबाट चीनले अब भारतसँग युद्ध गर्ने तयारी गरिरहेको छ । पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी लडाकुले चिनियाँ सैनिकलाई विभिन्न हतियारले युद्ध गर्नका लागि तालिम पनि दिइरहेका छन् ।

भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए। सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो ।

यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो । बिना सूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो। आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन । तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

भारतले पनि अहिले स्थिति हेरेर हतियार चलाउन आफ्ना कमान्डरलाई आदेश दिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन् । चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियार तयारी अवस्थामा राखेको छ । त्यसैगरी भारतले चीनको सीमा नजिक तैनाथ स्थल र वायु सेनालाई सचेत गराएको छ । भारतीय नौसेना पनि हिन्द महासागर क्षेत्रमा लगातार गस्तीमा रहेका जनाइएको छ ।–एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *